Main News

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

हिमालय टिभी
२०७९ असोज ३ गते १७:०२
डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

३ असोज २०७९ काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

संघका महासचिव डाक्टर बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै जीवन रक्षा गर्न माग गर्नुभएको हो ।

उहाँले डा. केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याउन माग गर्नुभयो । यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा। केसी अनशनरत हुनुहुन्छ ।

उहाँलाई राखिएको सेती प्रादेशिक अस्पतालले मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको भन्दै थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *