Main News

संविधान कार्यान्वयनमा आएको सात वर्ष पूरा

हिमालय टिभी
२०७९ असोज ३ गते ९:००
संविधान कार्यान्वयनमा आएको सात वर्ष पूरा

३ असोज २०७९ काठमाडौं । आज संविधान दिवस, नेपालमा नयाँ संविधान कार्यान्वयनमा आएको ७ वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ मा नयाँ संविधान लागू भएदेखि सरकारले हरेक वर्ष असोज ३ मा संविधान दिवस मनाउँदै आएको छ ।

नागरिकलाई लोकतन्त्र, गणतन्त्रको अनुभूत र अधिकार सम्पन्न गराउने उद्देश्यले २०७२ असोज ३ मा नयाँ संविधान जारी गरिएको थियो । नयाँ संविधान लागु भएसँगै मुलुक सङ्घीयतामा गएको हो ।

तर, संविधान कार्यान्वयनमा आएको ७ वर्षमा पनि सर्वस्वीकार्य हुन सकेको छैन । मधेशवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

दिवसको अवसरमा आज सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *