Main News

बालेन्द्रले चासो दिएको तीनकुने पार्को कस्तो छ ? कस्तो बनाउने प्रयास हो ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज २ गते २०:४०
बालेन्द्रले चासो दिएको तीनकुने पार्को कस्तो छ ? कस्तो बनाउने प्रयास हो ? (भिडियो रिपोर्टसहित)

२ असोज २०७९ काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको खाली जग्गामा सुविधा सम्पन्न पार्क बनाउने चर्चा भएको धेरै भयो ।

काठमाडौं महागनरपालिकामा आउने हरेक जसो प्रमुखले चर्चा गर्दै आएको यो पार्कको अहिलेका नगरप्रमुख बालेन्द्र साहले फेरि चर्चा गर्नु भएको छ । पटक पटक चर्चामा आउने तीन कुने अहिले कस्तो अवस्थामा छ त रु के कारणले यो पार्क बन्न सकेको छैन् ?

तीनकुने पार्कका विषयमा केही तथ्य
–तीनकुनेको जग्गा पहिलो पटक २०३२ जेठ १४ मा अधिग्रहण
–अधिग्रहण गरेदेखि नै पार्क बनाउने चर्चा सुरु
–२०५९ असार ३२ मा मुआब्जाको रकम प्रति रोपनी ५१ लख २० हजार तोकिएको
–३५ कित्ता जग्गाको मुआब्जा वितरणका लागि सरकारबाट २५ करोड रुपैयाँ निकासा
–२०६४ माघ १४ गतेदेखि २०६६ साल मसान्तसम्म २१ रोपनी जग्गाको मुआब्जा वितरण
–केही जग्गाधनीले मुआब्जा लिन नमानेपछि विवाद कायमै
–विवाद समाधानका लागि पटक-पटकको प्रयास असफल
–पछिल्लो समय बहुउपयोगी बुद्धपार्क बनाउने योजना अघि सारिएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *