राजनीति

माओवादी केन्द्रले भोलि मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

२०७९ असोज २ गते १६:३८
माओवादी केन्द्रले भोलि मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

२ असोज २०७९ काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिश भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ ।

निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्