आज प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

२ असोज २०७९ काठमाडौं । आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
विशेषगरी प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी भोलि राति प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया