नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै

२ असोज २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न हिजोदेखि सचिवालय बैठक शुरु भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुङ्गो लगाउने नेताहरूले बताएका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसअघि हिजोको बैठकमा सङ्घीयतर्फ १ सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरअनुसार मापदण्ड बनाउनेबारे छलफल भएको एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।
बाढी, पहिरोका कारण अछाममा भएको जनधनको क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय पनि हिजोको बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया