Main News

काठमाडौँ महानगरपालिकामा आजदेखि सार्वजनिक स्थानमा धूमपान निषेध

हिमालय टिभी
२०७९ असोज १ गते ९:१४
काठमाडौँ महानगरपालिकामा आजदेखि सार्वजनिक स्थानमा धूमपान निषेध

१ असोज २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ ।

महानगरले गरेको निर्णयअनुसार आजबाट सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरिएको हो । महानगरको ११ औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो ।

सोही नीतिअनुरूप आजबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो । महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *