Main News

महाभियोग सिफारिस समितिले आज जबरासँग पूरक प्रश्न सोध्ने

हिमालय टिभी
२०७९ भदौ ३१ गते ९:२९
महाभियोग सिफारिस समितिले आज जबरासँग पूरक प्रश्न सोध्ने

३१ भदौ २०७९ काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग पूरक प्रश्न सोध्ने भएको छ ।

यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज थप स्पष्ट हुन पूरक प्रश्न सोध्ने भएको हो । यसको लागि बिहान ९ बजेका लागि तय भएको बैठकमा जबरालाई बोलाइएको समितिले जनाएको छ ।

बयानका क्रममा जबराले नाम लिएका सात जना वकिलसँग समितिले हिजो सोधपुछ गरेको थियो । सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।

समितिको आजको बैठकले प्रतिवेदन लेखन र बुझाउने मितिको बारेमा पनि निर्णय लिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *