बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

हिमालय टिभी
२०७९ भदौ २४ गते ८:१८
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

२४ भदौ २०७९ लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ।

बकिङ्गम दरबारले विज्ञप्तिमार्फत बाल्मोरलमा महारानीको निधन भएको जनाएको हो । महारानी एलिजाबेथ द्वितीयाले बेलायतमा सबैभन्दा लामो समय ७० वर्षसम्म शासन गरेकी थिइन् ।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त गएपछि उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशको राष्ट्रप्रमुख पनि बनेका छन् । उनको निधनपछि विश्वभरका नेताले शोक व्यक्त गरिररहेका छन् ।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै त्यहाँ राष्ट्रिय शोकको अवधि पनि शुरु भएको छ।

त्यस्तै दुई हप्ताभित्र उनको अन्तिम संस्कार गरिनेछ। उनको शवलाई बकिङ्घम दरबारमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *