सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

२०७९ भदौ २१ गते ६:२६
सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

२१ भदौ २०७९ कञ्चनपुर । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको हिजो मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।
हिजो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *