Main News

भारतीय सेनाका प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

हिमालय टिभी
२०७९ भदौ २० गते ९:२५
भारतीय सेनाका प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

२० भदौ २०७९ काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयका प्रवक्ता उपसचिव सागर आचार्यले जानकारी दिनुभयो ।

नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेको छ । त्यसकै लागि सेना प्रमुख पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा हिजो पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो ।

शीतल निवासको औपचारिक कार्यक्रमभन्दा अघि पाण्डेलाई नेपाली सेनाले गार्डअफ अनरसँगै ब्रिफिङ गर्नेछ । प्रधानसेनापति शर्माले आज राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुनेछ ।

भोलि भने भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने सम्भावना रहेको छ । पाण्डेले भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । पाण्डेको मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *