राजनीति

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

२०७९ भदौ १९ गते १६:४६
घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

१९ भदौ २०७९ काठमाडौं । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव उपलब्ध गराउन सुझाव आह्वान गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई सुझाव दिन यही भदौ १५ गतेसम्म समय दिएकामा अब आमरुपमा सुझाव मागिएको छ ।

एमालेका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसङ्गठन र पार्टीका नेता–कार्यकर्तालाई सुझाव दिन दिइएको समयमा अधिकांश विभाग र जनसङ्गठनबाट सुझाव प्राप्त भएको एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुुभयो ।

एमाले पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीलाई सुझाव ग्रहण गर्ने सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत पनि सुझाव दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्