Main News

नेपालका विश्वविद्यालय रित्तो, उच्च शिक्षाको खोजीमा विश्वभर भौतारिँदै विद्यार्थी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १८ गते १८:२७
नेपालका विश्वविद्यालय रित्तो, उच्च शिक्षाको खोजीमा विश्वभर भौतारिँदै विद्यार्थी (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ काठमाडौं । पछिल्लो समय शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार दैनिक ५ सय हाराहरीमा विदेश जान विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने गरेका छन् ।

दैनिक ५ सयको हाराहारीमा नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्नका लागि शिक्षा मन्त्रालयलको वैदेशिक अध्ययन अनुमति शाखामा निवेदन दिन्छन् । यतिधेरै संख्यामा नेपाली विद्यार्थी किन विदेश जान चाहन्छन् ? सरोकारवाला निकाय नै भन्छन– नेपालमा गुणस्तीय अध्यापन हुँदैन ।

नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिने निकाय वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्ती विदेशमा रोजगारीको सुरक्षा र गुणस्तीय अध्यापन हुने भएकैले विद्यार्थी विदेश जान चाहने बताउनुहुन्छ ।

नेपालमा हाल १४ वटा विश्वविद्यालय छन् । तिनै विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराउने क्याम्पसहरुको संख्या १५ सयभन्दा बढी रहेको छ । तर, पनि विद्यार्थीलाई नेपालमा रहेका शिक्षण संस्थाहरुप्रति विश्वास देखिँदैन, नत विश्वास दिलाउनै सकेका छन् । २४ वर्षसम्मका युवा विदेश अध्ययनका लागि लालायित हुन्छन् ।

नेपालमा साक्षरता दर
६४.७ प्रतिशत
१५ वर्षदेखि २४ वर्षसम्म
८९.८८ प्रतिशत साक्षर

सन् १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयदेखि पछिल्लो सन् २०२१ मा स्थापना भएको मधेस कृषि विश्वविद्यालयसम्म आइपुग्दा संख्यात्मक वृद्धि मात्र भयो, गुणस्तरमा ध्यान पुग्न सकेको छैन । त्यसैले पनि विद्यार्थीहरु एसइ परीक्षादेखि १२ कक्षा पास गरेका विद्यार्थीको एनओसी लिन वैदेशिक अध्ययन अनुमति शाखामा भिडभाड नै हुने गरेको छ ।

विक्रम संवत् २०७७ भदौ १२ गतेदेखि त शाखाले अनलाईन प्रविधि मार्फत पनि निवेदन लिने गरेको छ । यसै आर्थिक वर्षको साउन मसान्तमा मात्र ८ हजारभन्दा बढी विद्यार्थीले एनओसी पाएका छन् ।

जसमध्ये अष्ट्रेलियाका लागि ४ हजार ३ सय छन् भने बेलायत जान १ हजार र अमेरिकाका लागि झण्डै ८ सयले अनुमति लिएका छन् । यी बाहेक १ सय ४ भन्दा बढी मुलुकमा अध्ययन गर्न जाने विद्यार्थी रहेको सरकारी तथ्यांक छ । सरकारी अधिकारीले भनेजस्तै जानकार पनि गुणस्तरहिन शिक्षाकै कारण देखाउछन् ।

शैक्षिक सुदृढीकरणका नाममा दिनानुदिन विश्वविद्यालयको संख्यामा वृद्धि भएपनि विद्यार्थी पलायन रोक्न भने सकेको छैन । यस्तो अवस्थामा दक्ष जनशक्ति खोज्नुपर्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *