खेलकूद
दोस्रो एक दिवसीय क्रिकेट : नेपालले दियो केन्यालाई २ सय ३१ रनको लक्ष्य
२०७९ भदौ १८ गते १५:२८

१८ भदौ २०७९ काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्यासामु २ सय ३१ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब १ ओभरमा पूरै विकेट गुमाएर २ सय ३० रन जोड्यो । केन्या केहीबेरमा जवाफी ब्याटिङमा उत्रिने छ ।
केन्या भ्रमणमा रहेको नेपालले घरेलु टोलीविरुद्ध एक खेल अगावै शृंखला जित्ने लक्ष्यका साथ मैदान ओर्लिएको छ । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
यसअघि नेपालले पाँच खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला ३२ ले जितेको थियो । शृंखला अन्तर्गत तेस्रो खेल भदौ २० गते हुनेछ ।
प्रतिक्रिया