Main News

गठबन्धनमा सिट बाँडफाँटबारे गहन छलफल, सङ्ख्यामा सहमति हुन सकेन

२०७९ भदौ १६ गते २१:५७
गठबन्धनमा सिट बाँडफाँटबारे गहन छलफल, सङ्ख्यामा सहमति हुन सकेन

१६ भदौ २०७९ काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।

सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।

सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो ।-

प्रतिक्रिया

One thought on “गठबन्धनमा सिट बाँडफाँटबारे गहन छलफल, सङ्ख्यामा सहमति हुन सकेन

  1. चुनाव लडनू गठबन्धन गर्नू हरेक पार्टीले आफू कस्तो छवि को हो भन्ने प्रमाणित गर्छ त्यसैले गठबन्धन नै गर्नू छ भने किन चुनाव गराउने बैशाखी को सरकार कहिलै टिकदैन हजूर

Leave a Reply to बैजनाथ शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *