खेलकूद

लगातार दोस्रो जित निकाल्दै भारत एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश

हिमालय टिभी
२०७९ भदौ १६ गते ९:२२
लगातार दोस्रो जित निकाल्दै भारत एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश

१६ भदौ २०७९ काठमाडौं । भारत लगातार दोस्रो जित निकाल्दै एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ ।

समूह एक अन्तर्गत सम्पन्न खेलमा साविक विजेता भारतले हङकङलाई ४० रनले हरायो । २ खेलबाट चार अंक जोडेको भारत शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्ने दोस्रो टोली बन्यो । १९३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।

हङकङका बाबर हयातले ४१ तथा किनचिट शाहले ३० रन जोड्दा जिसन अली २६ रनमा अविजित रहे । बलिङमा भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रविन्द्र जडेजा र आवेश खानले समान १–१ विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादव ६८ तथा विराट कोहली ५९ रनमा अविजित रहे । त्यस्तै केएल राहुलले ३६ तथा कप्तान रोहित शर्माले २१ रन बनाए । हङकङका आयुष शुक्ला र मोहम्मद गजाफरले समान १(१ विकेट लिए ।

भारतले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले हराएको थियो । यस समूहमा समान एक(एक खेल्दै अंकविहीन पाकिस्तान र हङकङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्