Main News
गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
२०७९ भदौ १६ गते ९:१२

१६ भदौ २०७९ काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउन कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दलहरू आ–आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया