खेलकूद

विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १५ गते २१:१८
विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ काठमाडौं । अर्को महिना अस्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वेन्टी(ट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी टुरअन्तर्गत ३ दिने नेपाल भ्रमण सकिएको छ । नेपालमा रहँदा सगरमाथा आधार शिविरसम्म पुर्‍याउने योजना सफल नभए पनि चन्द्रागिरी र भक्तपुरमा प्रदर्शनका लागि राखियो ।

साँस्कृतिक नगरी भक्तपुरमा यति बेला जात्रा र चाडपर्वको समय हो । बुधबार पनि भक्तपुर दरबार स्क्वायरमा विभिन्न बाजागाजाले त्यहाँको माहोल उल्लासमय थियो । तर यो कुनै जात्रा वा पर्वको माहोल नभएर आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट ट्रफी प्रदर्शनको हो ।

विहान ११ बजे भक्तपुर दरबार स्क्वायरमा ट्रफी ल्याउने जानकारी पाएका थुप्रै व्यक्ति समय अगावै त्यहाँ पुगिसकेका थिए । स्थानीयहरु पनि बाजागाजा सहित त्यहाँको माहोल विशेष बनाईरहेका थिए ।

आईसीसीले ट्रफीको गरिमा कायम राख्न यसलाई छुने र बोक्ने अधिकार निश्चित व्यक्तिलाई मात्र दिएको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडी, कप्तान वा राष्ट्र प्रमुखलाई मात्र ट्रफी बोक्ने अधिकार हुनछ । त्यसैले क्रिकेट खेलाडी मेहबुब आलम, शरद भेषावकर र रुविना क्षेत्रीले ट्रफीलाई प्रदर्शनी स्थलसम्म लगेका थिए ।

सन् २००७ मा दक्षिण अफ्रिकाबाट सुरु भएको ट्वेन्टी ट्वेन्टी विश्वकपको ट्रफी डिजाईन र निर्माण बेलायतको ज्वेलरी कम्पनी लिङ्स अफ लन्डनले गरेको हो । चाँदी र रोडियमबाट बनेको यो ट्रफी लगभग साढे ७ केजीको छ ।

५१ सेमी अग्लो यो ट्रफी माथिल्लो भागमा १९ सेमी र तल्लो भागमा १४ सेमी चौडा छ । आईसीसीले प्रतियोगिताको १ सय दिन अगाडी ट्रफी टुर आयोजना गर्ने भएपछि नेपाल क्रिकेट संघ क्यानको सक्रियतामा ट्रफी नेपाल ल्याइएको थियो ।

ट्रफी बुधबार नै प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रदर्शन गरिएको छ । अब ट्रफी सिंगापुर लगिनेछ । यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्