Main News

राष्ट्रपतिले बोलाएपछि माओवादी पदाधिकारी शीतल निवासमा

हिमालय टिभी
२०७९ भदौ १५ गते १६:५०
राष्ट्रपतिले बोलाएपछि माओवादी पदाधिकारी शीतल निवासमा

१५ भदौ २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न नेकपा माओवादी केन्द्रका पदाधिकारीहरु शीतल निवास पुगेका छन् ।

नागरिकता संशोधन विधेयकका विषयमा राष्ट्रपति भण्डारीले सबैजसो राजनीतिक दलसँग छलफल गर्दै आउनुभएको छ ।

राष्ट्रपतिले आज माओवादी केन्द्रका नेताहरुसँग परामर्श गर्न लाग्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गएको टोलीले संसदबाट पारित भएर आउने विधेयक प्रमाणीकरण गर्दिन आग्रह गर्ने भएको छ ।

विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पुगेको छ । यसअघि प्रतिनिधिसभाले विधेयक पुनः पारित गरेर राष्ट्रियसभामा पठाएको हो ।

राष्ट्रपतिले यसअघि नै संघीय संसदबाट पारित विधेयक प्रमाणीकरण नगरी १५ बुँदे सन्देशसहित संसदमै फर्काउनुभएको थियो । त्यसपछि सत्तारुढ दल र राष्ट्रपतिबीच तिक्ता आएको थियो ।

विधेयक पुनः संसदमा गएपछि राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले लगायत दलहरुसँग छलफल गरिसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *