खेलकूद

आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा

हिमालय टिभी
२०७९ भदौ १५ गते १६:३०
आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा

१५ भदौ २०७९ काठमाडौं । आईसीसी पुरुष ट्वेन्टी(ट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ ।

नेपाल क्रिकेट संघ, (क्यान)ले विश्वकप ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनमा राखेको हो । ट्रफी प्रदर्शनमा क्रिकेट खेलाडी मेहबुब आलम, शरद भेषवाकर र रुविना क्षेत्रीको उपस्थिति थियो ।

करिब २ घण्टासम्म सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीमा क्रिकेट प्रेमी, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति थियो । ट्रफी आजनै प्रधानमन्त्री निवास बालुवाटारमा लगिने बताइएको छ ।

प्रतिकुल मौसमका कारण आज पनि सगरमाथाको आधार शिविरको कालापत्थरमा ट्रफी लाने योजना सफल हुन सकेन् । हिजोका लागि तय भएको सगरमाथा आधार शिविरमा ट्रफी लाने योजना खराब मौसमका कारण आजका लागि सारिएको थियो ।

हिजो काठमाडौंको चन्द्रागिरीमा प्रदर्शन गरिएको थियो । विश्वकपको एक सय दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिनेछ । १६ राष्ट्र सहभागी हुने विश्वकप अष्ट्रेलियाका ७ शहरमा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्