कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ

२०७९ भदौ १३ गते १८:२३
कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ

१३ भदौ २०७९ सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराउनुभयो । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गर्नुभएको थियो ।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्रीको लागि सांसद शाह र कामीलाई सिफारिस गरेको थियो ।

अर्थमन्त्रीमा बनेका शाह जाजरकोटबाट समानुपातिक सांसद हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *