खेलकूद

तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपालको जीत

२०७९ भदौ १२ गते २०:४८
तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपालको जीत

१२ भदौ २०७९ काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा ग¥यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।

रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी छ रनमा आउट भए । आरिफ शेख चार रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई/दुई विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । यस्तै ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदीप सिंहले आठ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले एक÷एक विकेट लिए ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघिको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल भोलि सोमबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्