Main News

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिमा विधायन समितिमा पठाइयो

हिमालय टिभी
२०७९ भदौ १२ गते १४:३५
नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिमा विधायन समितिमा पठाइयो

१२ भदौ २०७९ काठमाडौं । राष्ट्रियसभाले राष्ट्रपतिबाट प्राप्त १५ बुँदे सन्देशसहित नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । सदनबाट प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजै बसेको पहिलो बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिको सन्देश सुनाउनुभएको थियो । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा विधेयकलाई समितिमा पठाउन सबै दल सहमत बनेका थिए ।

सदनमै छलफल गर्नुपर्ने अडान राख्दै आएका सरकार र सत्तारुढ गठबन्धन आफ्नो अडानबाट पछि हटेका छन् । यो विधेयकमाथि अब विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ भने समितिले पारित गरेर प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेश गर्नेछ ।

समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्य आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *