Main News

आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

हिमालय टिभी
२०७९ भदौ १२ गते ७:५३
आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

१२ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ।

आयोगले विज्ञप्ति जारी गरी आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन र मतदाताको एकभन्दा बढी स्थानमा समावेश नाम सच्याउन भदौ १३ देखि १६ गतेसम्मको समय दिइएको छ।

मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम नामावलीबाट हटाउन पनि १३ देखि १६ गतेभित्र निवेदन दिनुपर्ने आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *