Main News

कर्णाली सरकारका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १० गते १८:३२
कर्णाली सरकारका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो (भिडियो रिपोर्टसहित)

१० भदौ २०७९ सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई माओवादीले फिर्ता बोलाइएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा रहेको मन्त्रिमण्डल समावेशी नभएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि माओवादीले यस्तो निर्णय गरेको कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले बताउनुभयो ।

अध्यक्ष केसीले समावेशीको तर्क दिएपनि माओवादीका सबै सांसदलाइ एकपटक मन्त्रीको भाग पुर्याइदिन हेरफेर गरिएको नेताहरूले बताएका छन् ।

विष्ट र सिंहलाइ फिर्ता बोलाएर माओवादीले जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । हाल कर्णाली प्रदेशमा ८ मन्त्रालय रहेका छन् ।

मुख्यमन्त्री लगायत ३ मन्त्रालय नेपाली कांग्रेस २ मन्त्रालय नेकपा एकीकृत समाजवादी तथा ३ मन्त्रालय माओवादी केन्द्रले सम्हाल्दै आएका छन ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । अहिले सिफारिस दुई जना मात्रै मन्त्री हुन बाँकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *