राजनीति

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १० गते १८:०५
जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताको भएको बताउनुभयो ।

उहाँले निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठीक काम गर्न रोक्नुपर्ने पनि बताउनुभयो ।

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् ।

त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्