Main News

निलम्बित प्रधानन्यायाधीश जबरासँग १५ गते सोधपुछ गर्ने

हिमालय टिभी
२०७९ भदौ ९ गते ७:२७
निलम्बित प्रधानन्यायाधीश जबरासँग १५ गते सोधपुछ गर्ने

९ भदौ २०७९ काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले महाअभियोग लागेर निलम्बनमा पर्नुभएका जबरालाई सोधपुछ बयान लिनका लागि यही भदौ १५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन सार्वजनिक सूचना गर्ने र राष्ट्रियस्तरका कानूनी र न्यायिक क्षेत्रका सङ्घसंस्थालाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

समितिले आजै आन्तरिक कार्यविधि र कार्यतालिकासमेत पारित गरेको छ । समितिले महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिनका लागि यही भदौ १२ गतेसम्म तीन दिनको समय दिने, १५ गते निलम्बित प्रधानन्यायाधीशसँग सोधपुछ बयान लिने र १९ गतेभित्र प्रतिवेदन तयार गर्नेगरी कार्यतालिका पारित गरेको छ ।

समितिमा जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने सहमति भएको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । समिति गठन भएपछि आज तेस्रो बैठक बसेको हो । आजको निर्णयसँगै समितिले द्रुत गतिमा काम प्रारम्भ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *