राजनीति

आगामी निर्वाचनमा डोल्पा, सत्ता गठबन्धनलाई जित सहज, यस्तो छ चुनावी अंकगणित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ७ गते १७:५२
आगामी निर्वाचनमा डोल्पा, सत्ता गठबन्धनलाई जित सहज, यस्तो छ चुनावी अंकगणित (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । डोल्पामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनलाई जितका लागि सहज रहेको छ ।

२०७४ सालमा भएको संसदीय निर्वाचनमा नेकपा एमालेका धनबहादुर बुढा विजयी भएको यस क्षेत्रमा गठबन्धन बलियो देखिएको छ । आठ स्थानीय तह मध्ये दुई पालिकाको प्रमुख जितेको एमालेलाई यो पटक निर्वाचन जित्न धौधौ पर्ने अवस्था छ ।

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पामा एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको छ । यो जिल्लाबाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट धनबहादुर बुढा निर्वाचित हुनुभएको थियो । बुढाले ११ हजार ७६१ मतसहित विजयी हुनुभएको थियो ।

उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगतकुमार बुढाले ३ हजार १६७ मत मात्रै ल्याउनुभएको थियो । एमालेका धनबहादुर र कांग्रेसका अंगतकुमारबीच ८ हजार ५ सय ९४ मतान्तर थियो । प्रतिनिधिसभाको निर्वाचनपछि केपी शर्मा ओलीको मन्त्रिपरिषदमा बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुनुहुन्थ्यो ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेपाल भर नै यो सबैभन्दा बढी मतान्तरमा भएको जित हार हो । २०७० सालको संविधान सदस्य निर्वाचनमा पनि एमालेका धनबहादुर नै विजयी हुनुभएको थियो । उहाँ अहिले एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । २०४८ सालको आम निर्वाचनमा डोल्पाबाट नेपाली कांग्रेसका क्याबु बुढा विजयी हुनुभएको थियो ।

संघीय निर्वाचन २०७४ को मत परिणाम
धनबहादुर बुढा : नेकपा एमाले ११ हजार ७६१ मत (हाल एकीकृत समाजवादीमा)
अंगतकुमार बुढा : नेपाली कांग्रेस ३ हजार १६७ मत
मतान्तर : ८ हजार ५ सय ९४

कुल ८ स्थानीय तह रहेको डोल्पामा नेकपा एकीकृत समाजवादीले २, नेकपा एमालेले २ स्थानीय तहको नेतृत्व जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले २ तथा कांग्रेसले एक नगरपालिका र एक गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले प्रमुख पद जितेका छन् ।

एसले काइके गाउँपालिका र छाकी ताङसोङ गाउँपालिको अध्यक्ष, एमालेले त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख र शे फोक्सुन्डो गाउँपालिको अध्यक्ष, माओवादी केन्द्रले मुड्केचुला र जगदुल्ला गाउँपालिको अध्यक्ष, काँग्रेसले ठूलो भेरी नगरपालिकाको प्रमुख र स्वतन्त्रले डोल्पो बुद्ध गाउँपालिको अध्यक्ष जितेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ को वडागत मत परिणाम
माओवादी : ४,८५५ मत
एमाले : ४,५४५ मत
कांग्रेस : ३,०६९ मत
एकीकृत समाजवादी : १,३३४ मत

आठ स्थानीय तह मध्ये दुई पालिकाको प्रमुखमा विजयी हाँसिल गरेको एमालेलाई यो पटक डोल्पामा प्रतिनिधिसभाको सिट सुरक्षीत गर्न सकस हुने देखिएको छ । स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा डोल्पामा गठबन्धन नै बलियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्