खेलकूद

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको पहिलो जित

हिमालय टिभी
२०७९ भदौ ७ गते ८:२६
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको पहिलो जित

७ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले पहिलो जित निकालेको छ ।

सिजनको पहिलो जित निकाल्ने क्रममा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा जाडोन साञ्चोको गोलसँगै युनाइटेडले अग्रता लिएको थियो ।

त्यसपछि ५३औं मिनेटमा मार्कस राशफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । लिभरपुलका लागि ८१औं मिनेटमा मोहमेद सलाहले गोल गरेका थिए ।

जितसँगै युनाइटेड ३ खेलबाट ३ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ । सिजको पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २–१ ले र दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्