Main News

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भन्न गठबन्धन ठराएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ६ गते १७:२३
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भन्न गठबन्धन ठराएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताउनुभयो ।

आज ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पार्नुभयो ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो ।

सत्तारुढ दलका नेताहरु भने यसबारे चुइक्क बोल्न नसकेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाउनुभयो । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उहाँको भनाइ थियो ।

ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *