Main News

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

२०७९ भदौ ६ गते १३:५९
नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

६ भदौ २०७९ काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

प्रतिक्रिया

One thought on “नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

  1. स्वास्थ्कर्मीहरुका लागि मात्र हैन सबै काम गर्ने श्रमजीवी हरु काे लगी पनि सम्झौता गरिदिए हुनेथियो। मेराे अनुरोध,,

Leave a Reply to Chhapindra Budhathoki Cancel reply

Your email address will not be published. Required fields are marked *