खेलकूद

प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटी र न्यूकासल युनाइटेडले अंक बाँडे

हिमालय टिभी
२०७९ भदौ ६ गते ७:४५
प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटी र न्यूकासल युनाइटेडले अंक बाँडे

६ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा सिटीले घरेलु टोली न्यूकासल युनाइटेडसँग ३–३ गोलको बराबरी खेलेको हो । सिटीका लागि इल्के गुन्डोगान,अर्लिङ हालाण्ड र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

न्यूकासलका लागि मिगुएल अल्मिरोन,कलुम विल्सन र केइरन ट्रिपियरले एक एक गोल गरेका थिए । बराबरीसँगै ३ खेलमा ७ अंक जोडेको सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । न्यूकासल ५ अंकका साथ छैटौं स्थानमा छ ।

यता गएरातिको अर्को खेलमा चेल्सी लिड्स युनाइटेडसंग ३–० ले पराजित भएको छ। लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन,रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे ।

जितसँगै लिड्स दोस्रो स्थानमा उक्लिएको छ। लिड्सले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्