Main News

यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था

हिमालय टिभी
२०७९ भदौ ५ गते ९:१३
यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था

५ भदौ २०७९ काठमाडौं । अबको तीन दिन भारी वर्षाको सम्भावना कतै पनि नरहेको मौसमविद्ले बताएका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेकाले तीन दिन भारी वर्षाको सम्भावना कतैपनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर मनसुन चलिरहेकाले हल्कादेखि मध्यम खालको वर्षा भने हुनेछ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली हुनेछ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर पर्सि मङ्गलबार राति भने प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *