Main News

नेपालका खोलानाला भारत र चीनको कब्जामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ३ गते २०:४२
नेपालका खोलानाला भारत र चीनको कब्जामा (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । पछिल्लो समय नेपालको जलविद्युत आयोजनाहरुमा छिमेकी मुलुक भारत र चीनले लगानी बढाउँदै लगेका छन् । अहिले दुबै मुलुकले जिम्मा लिएको ८ हजार ९ सय ६५ मेगावाटको आयोजना कुनै निर्माण त कुनै अध्ययनको चरणमा छन् । हेरौ कसको पोल्टामा कुन आयोजना छ त ?

नेपालको अधिकांश जलविद्युत आयोजनाहरु निर्माणमा भारत र चिनियाँ कम्पनीहरुले रुची देखाउँदै आएका छन् । पछिल्लो समय चिनियाँ कम्पनीहरुले २ हजार ८ सय ६४ मेगावाट र भारतीय कम्पनीले ६ हजार १ सय १ मेगावाटको दर्जनौं आयोजनाहरु निर्माणमा चासो देखाएका छन।

भारतले निर्माणको जिम्मा लिएका आयोजनाहरू
अरूण तेस्रो– ९०० मेगावाट
माथिल्लो कर्णाली– ९०० मेगावाट
तल्लो अरूण– ६७९ मेगावाट
अरूण (४)– ४९० मेगावाट
पश्चिम सेती– ७५० मेगावाट
मुगु कर्णाली– १९०२ मेगावाट
फुकोट कर्णाली– ४८० मेगावाट

यी मध्ये अरुण तेस्रो मात्र निर्माणको क्रममा छ भने बाँकी ६ वटा आयोजना अध्ययनकै शिलशिलामा छन् ।

यस्तै चिनियाँ कम्पनीहरुले पनि निर्माण गरी सञ्चालनमा रहेका निर्माणाधीन र अध्ययन भइरहेका गरी करिब २ हजार ८ सय ६४ मेगावाट आयोजनाहरु छन् ।

चीनले निर्माण जिम्मा लिएका आयोजनाहरू
भेरी १ – २७० मेगावाट
भेरी २ – २५६ मेगावाट
हुम्ला कर्णाली १– ३२५ मेगावाट
हुम्ला कर्णाली २– ३३५ मेगावाट
तमोर स्टोरेज– ६०० मेगावाट (अध्ययनका क्रममा)

यसबाहेक चीनले माथिल्लो त्रिशुली–१०२, माथिल्लो मर्स्याङ्दी–३२७, मनाङ मर्स्याङ्दी–१३५, माथिल्लो मर्स्याङ्दी–१३८, तल्लो मनाङ मर्स्याङ्दी–१३९ रसुवा भोटेकोसी–१२०, मर्स्याङ्दी वेसी ५०, निलगिरी खोला ६२, निलगिरी खोला १ – ३८ र राहुघाट मंगले ५७ मेगावट आयोजना विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० गरेर निर्माणको चरण पुर्याएको छ । यी दुबै मुलुकले नेपालको जलविद्युतको लाइसेन्स होल्ड गर्ने र अल्झाउने गरेको आरोप समेत लाग्ने गरेको छ।

धेरैको चासो रहेको जलाशययुक्तमध्ये सबैभन्दा ठूलो १२ सय मेगावाटको बुढीगण्डकी आयोजनाको विकास कार्य भने पटक–पकट कहिले चिनियाँ कम्पनीलाई दिइयो त कहिले सरकारले फिर्ता लियो । पछिल्लो पटक सरकारले बुढीगण्डकीलाई स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी आउने क्रम वार्षिक रुपमा बढ्दै गएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ऊर्जा क्षेत्रमा करिब १२ अर्बको ऊर्जा लगानी प्रतिबद्धता आएको छ ।

यसका अलवा स्वदेशका विभिन्न निजी क्षेत्रका तीन हजार मेगावाट विद्युत आउनेवाला छन् । दुई हजार मेगावाट सञ्चालनमा आइसकेका छन् । अर्को एक हजार मेगावाट पाइप–लाइनमा छन् । अर्थात ६ हजार मेगावाटको बिजुली निकट भविष्यमा आउनेवाला छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *