Main News

काठमाडौंको फोहर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ३ गते १८:२९
काठमाडौंको फोहर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहर उठाउन नसक्नु लज्जास्पद कुरा रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो । उहाँले यस्तो लज्जित अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

शर्माले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *