Main News

अस्पतालको कार्यक्षेत्र र सेवा विस्तारलाई हेरेर दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ३ गते १७:०६
अस्पतालको कार्यक्षेत्र र सेवा विस्तारलाई हेरेर दीर्घकालीन योजना बनाउन राष्ट्रपतिको सुझाव (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा बिस्तारलाई हेरेर अल्पकालिन र दीर्घकालीन योजना बनाउने काममा ध्यान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकता पहिचान गरी त्यहीअनुरुपको जनशक्ति तयार पार्नुपर्ने चुनौती सामना गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवमा बोल्दै उहाँले अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कोभिडको कठीन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएकोमा अस्पतालका चिकित्सकहरुसहितका स्वाथ्यकर्मीहरुको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले नागरिकले सेवा पाउने गरी प्रसुती तथा स्त्रीरोग सम्बन्धि सेवा सबै जिल्ला र प्रदेशहरुमा बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *