राजनीति

माओवादीसँग एकता लागि समिति गठन गर्न एकीकृत समाजवादी तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १ गते १९:०७
माओवादीसँग एकता लागि समिति गठन गर्न एकीकृत समाजवादी तयार (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ काठमाडौं । आगामी निर्वाचनपछि नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि समिति बनाउन तयार भएको छ ।

एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले पार्टी एकताका लागि एकता संयोजन समिति बनाउन छलफलअघि बढाउने निर्णय गरेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकताका लागि छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताउनुभएको थियो ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान पार्टीले माओवादी केन्द्रकै चुनाव चिन्हमा चुनाव लड्ने भइसकेका छन् ।

चुनावपछि यी सबै दल समेटेर एकताको तयारी गरिने माओवादी केन्द्रले जनाएको छ । यही आधारमा एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने तयारी गरेको हो ।

एकीकृत समाजवादीको आजको बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्