Main News
आर्थिक समृद्धिको दिशामा अघि बढ्न जनप्रतिनिधिहरुलाई मन्त्री कार्कीको आग्रह (भिडियो रिपोर्टसहित)
२०७९ भदौ १ गते १६:१८

१ भदौ २०७९ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई स्थानीय तहजस्तै सफल बनाउन आ–आफ्नो ठाउँबाट लाग्न आह्वान गर्नुभएको छ ।
काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी कांग्रेसमा आउने गरी तयारीमा जुट्न अनुरोध गर्नुभयो ।
मन्त्री कार्कीले पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसनै विजयी हुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया