Main News

सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

हिमालय टिभी
२०७९ भदौ १ गते १३:५४
सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

१ भदौ २०७९ काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

ग्यास सिलिण्डर भित्रै लैजान नदिन सिंहदरबारको गेटमा खटिएका सुरक्षाकर्मीलाई आदेश दिइएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुनेछ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९–८० को बजेटको बुँदा नम्बर २५३ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *