खेलकूद

नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा पाकिस्तान विजयी

हिमालय टिभी
२०७९ भदौ १ गते ७:३६
नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा पाकिस्तान विजयी

१ भदौ २०७९ काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा पाकिस्तान १६ रनले विजयी भएको छ ।

३१५ रनको लक्ष्यसहित मैदान ओर्लेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९८ रन बनाएको थियो । नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डस ७१ रनमा अविजित रहे ।

त्यस्तै विक्रमाजित सिंह र टम कुपरले समान ६५–६५ रन बनाए । बलिङमा पाकिस्तानका हरिस रौफ र नसिम शाहले समान ३–३ विकेट लिए ।

यसअघि रोट्टेरड्याममा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले फाकर जामनको शतकीय इनिंग्ससँगै निर्धारित ओभरमा ६ विकेटको नोक्सानिमा ३१४ रनको योगफल बनाएको थियो । जामन १०९ रनमा पेभेलिएन फर्के ।

त्यस्तै कप्तान बाबर आजमले ७४ रन जोड्दा सादब खान ४८ रनमा अविजित रहे । नेदरल्याण्ड्सका लोगान भान बिक र बास डी लिडेले समान २–२ विकेट हात पारे । जितसँगै ३ खेलको एक दिवसीय शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्