Main News
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
२०७९ भदौ १ गते ७:२८
१ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । आजको बैठकमा आगामी निर्वाचनको रणनीतिबारे छलफल हुने बताइएको छ।
यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने निर्णय गरेको थियो। मंसिर ४ गते हुने निर्वाचनमा भट्टराई र गौतम दुवैले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन्।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
प्रतिक्रिया