Main News

यस्ता योजना लिएर काम गर्दैछन महिला जनप्रतिनिधि (भिडियो रिपोर्टसहित)

२०७९ साउन ३१ गते २१:३७
यस्ता योजना लिएर काम गर्दैछन महिला जनप्रतिनिधि (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । अवसरको खोजीमा रहेका महिला नेतृका लागि स्थानीय तह निर्वाचन अवसर बन्यो । नेतृत्व तहमा पुरुषको मात्रै, सहभागिता हुने प्रचलन पनि स्थानीय तहको चुनावले तोडेको छ ।

यो अवसरलाई सदुपयोग गर्दै महिला जनप्रतिनिधिहरु आफ्नो पाँच वर्षे कार्यकाललाई सफल बनाउन विभिन्न योजना बनाइरहेका छन् ।

यो पटक वडासहित १४ हजार ४ सय २ जना महिला नेतृत्वमा पुगेका छन । २०७४ को स्थानीय तह निर्वाचनभन्दा बढी संख्यामा यसपटक महिला प्रतिनिधित्व भएको हो । उनीहरूले स्थानीय तहको चुनाव जितेर काम गर्न शुरु गरेको दुई महिना पुगेको छ ।

चुनाव जितेपछि अब नागरिकको मन जित्ने जिम्मेवारी उनीहरुको काँधमा छ । डोटीको शिखरपुर नगरपालिकाकी उपप्रमुख सुनिता रावल ज्वरा नागरिकको मन जित्न, अब नागरिकको इच्छाअनुसार योजना अगाडि सार्ने तयारीमा हुनुहुन्छ ।

मुगुको छायाँनाथ रारा नगरपालिकाकी प्रमुख ऐश्वर्या मल्ल भने आफ्नो कार्यकालभित्र छाउपडी, बहुविवाह र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने गरी काम गर्ने योजनामा हुनुहुन्छ ।

पर्साको कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमति बरैनी पनि आफ्नो स्थानीय तहका विद्यालयमा शिक्षक राख्ने र कुर्सी बेन्चको व्यवस्था गर्ने योजना सुनाउनुहुन्छ ।

मुलुक संघीय संरचनामा गएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्ने समय नपाउँदा महिला जनप्रतिनिधिहरुले धेरै समस्या झेल्नु पर्‍यो । अब भने तालिम प्रशिक्षण लिएर सिक्द पाँच वर्ष राम्रोसँग काम गर्ने तयारीमा महिला जनप्रतिनिधिहरु छन् ।

महिला जनप्रतिनिधिहरु आफूलाई बलियो पार्दै, समाज परिवर्तन गर्ने योजना बुनिरहेका छन् । यो योजना सफल बनाउने जिम्मेवारी समाजका हरेक तह र तप्काको सहयोगले मात्रै पुरा हुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *