राजनीति

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकबारे सत्ता गठबन्धनले गर्‍यो यस्तो निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते १४:४३
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकबारे सत्ता गठबन्धनले गर्‍यो यस्तो निर्णय (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले संसदमा पुनःविचारका लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ ।

आज बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई विधेयक अगाडी बढाउने सहमति गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाएर तत्काल संसदमा पेस गर्ने सहमति भएको बताउनुभयो । मन्त्री कार्कीले राष्ट्रपतिलाई भएको संवैधानिक अधिकार बमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा फिर्ता आएको बताउनु भयो ।

उहाँले गठबन्धनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा बृहत रुपमा छलफल गरी सरोकारवालाका सल्लाह सुझाव अनुसार अगाडि बढाउने सहमति भएको बताउनु भयो ।

मन्त्री कार्कीले गठबन्धनले सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्कालगायत पीडित व्यक्ति तथा संघसंस्थाहरुले दिएका सुझावलाई समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप ओयोग विधेयक अगाडि बढाउने सहमति भएको बताउनुभयो ।

उहाँले सरकार सत्यनिरुपण तथा मेलमिलाप ऐनको समस्या अन्त्य गर्न प्रतिवद्ध रहको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्