Main News

पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्नेमा मन्त्री श्रेष्ठको जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३० गते १६:५५
पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्नेमा मन्त्री श्रेष्ठको जोड (भिडियो रिपोर्टसहित)

३० साउन २०७९ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ ।

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले नेपाललाई वर्षैभर पर्यटक आउने गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *