Main News
विधेयक फिर्ता गरेर राष्ट्रपतिले राजनीति गर्न खोजेको कांग्रेसको टिप्पणी
२०७९ साउन ३० गते ७:५३
३० साउन २०७९ काठमाडौं । नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति गर्न खोजेको नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक फिर्ता उचित नभएको बताउनुभएको छ ।
सामान्यतया राष्ट्रपतिले दुवै सदनबाट पारित भएर आएको विधेयकलाई नरोक्ने प्रचलनलाई राष्ट्रपतिले पालना नगरेको उहाँको भनाइ छ ।
विगतमा अहिलेको संशोधन विधेयकमा जस्तै विषयवस्तु भएको नागरिकता अध्यादेश फिर्ता नगरेको तर अहिले जननिर्वाचित निकायबाट पारित भई पठाएको विधेयक फिर्ता गरिनु पूर्वाग्रह भएको उहाँको टिप्पणी छ ।
तथापि सरकारले फेरि यो विधेयकलाई अघि बढाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया