राजनीति

सबैको हितलाई सम्मानजनक सम्बोधन गरिए मात्र गठबन्धन : खनाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २९ गते १८:००
सबैको हितलाई सम्मानजनक सम्बोधन गरिए मात्र गठबन्धन : खनाल (भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा भएका सबै दलको हितलाई सम्मानजनक ढंगले सम्बोधन गरिए मात्र गठबन्धनको औचित्य रहने बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनमा सम्मानित खनालले स्थानीय तहको निर्वाचनलाई मात्रै आधार बनाएर प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन अघि बढ्न नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले अबको निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने सबै आधार गुमाइसकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा गएको स्थानीय तह निर्वाचनमा इलाममा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित २८ जना जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्