Main News
कुनै अवरोध नभए आजबाट फोहरको गाडी बञ्चरेडाँडा पुग्छ : मेयर शाह
२०७९ साउन २९ गते ८:५०
२९ साउन २०७९ काठमाडौं । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर लिएर थप गाडी आजदेखि बञ्चरेडाँडा पुग्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै अवरोध नभए आजदेखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ ।
हिजो साँझ १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेको पनि उहाँले बताउनुभयो । काठमाडौँबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुने शाहले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
आफूहरूको अन्तिम लक्ष्य कसैले फोहरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहर व्यवस्थापन गर्नु रहेको शाहले बताउनुभएको छ ।
प्रतिक्रिया