प्रिमियर लिगमा म्यानचेष्टर सिटीको लगातार दोस्रो जित
२९ साउन २०७९ काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
प्रिमियर लिगमा गएराति सिटीले बोर्नमाउथलाई ४–० गोलले हरायो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले १९औं मिनेटमा इल्के गुण्डोगानको गोलसँगै अग्रता लिएको थियो ।
त्यसपछि सिटीका लागि ३१औं मिनेटमा केडिन डी ब्रुनी र ३७औं मिनेटमा फिल फोडेनले गोल थपेका थिए । ७९औं मिनेटमा बोर्नमाउथका जेफरसन लेर्माले आत्मघाती गोल गरेपछि सिटी ४–० ले विजयी भयो । शीर्ष स्थानको सिटीले दुई खेलबाट ६ अंक जोडेको छ ।
प्रिमियर लिगअन्तर्गत नै आर्सनलले लेष्टर सिटीलाई ४–२, ब्रेन्टफोर्डले म्यानचेष्टर युनाइटेडलाई ४–० र एष्टन भिल्लाले एभर्टनलाई २–१ ले हराए ।
त्यस्तै साउथह्याम्टन र लिड्सले २–२ को बराबरी खेल्दा ब्राइटन र न्यू क्यासल युनाइटेड तथा उल्फ्स र फुलह्याम गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया