खेलकूद

पहिलो ट्वेन्टी–ट्वेन्टीमा न्यूजिल्याण्डसँग वेष्ट इण्डिज पराजित

हिमालय टिभी
२०७९ साउन २६ गते ८:०७
पहिलो ट्वेन्टी–ट्वेन्टीमा न्यूजिल्याण्डसँग वेष्ट इण्डिज पराजित

२६ साउन २०७९ काठमाडौं । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिजलाई १३ रनले हराएको छ ।

१८६ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । उसका लागि समारह ब्रुक्सले ४२ रन जोडे । त्यस्तै रोमारियो शेफर्ड ३१ र ओडियन स्मिथ २७ रनमा अविजित रहे ।

बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनरले ३ विकेट लिए । यसअघि जमैकामा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेटको नोक्सानीमा १८५ रन बनाएको थियो ।

न्यूजिल्याण्डका कप्तान केन विलयम्सनले ४७ तथा डेभोन कोनवेले ४३ रन जोडे । त्यस्तै जेम्स निशम ३३ रनमा अविजित रहे । वेष्ट इण्डिजका ओडियन स्मिथले ३ विकेट लिए । जितसँगै ३ खेलको शृंखलामा पाहुना टोली न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्