खेलकूद

रियल मड्रिडले जित्यो यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि

हिमालय टिभी
२०७९ साउन २६ गते ७:५४
रियल मड्रिडले जित्यो यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि

२६ साउन २०७९ स्वीडेन । रियल मड्रिडले यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

स्वीडेनमा सम्पन्न फाइनलमा जर्मन क्लब फ्रायांकफर्टलाई दुई(शुन्यले हराउँदै रियलले पाँचौ पटक उपाधि उचालेको हो । रियलको जितमा डेविड अलाबा र करिम बेञ्जिमाले एक(एक गोल गरे ।

अलाबाले ३७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बेञ्जिमाले ६५औं मिनेटमा रियलको अग्रता दोब्बर पारेका थिए । बेञ्जिमाको यो रियलका लागि गरेको यो ३२४औं गोल हो ।

रियलले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो । यसअघि उसले सन् २०१७ मा उपाधि जितेको थियो । बार्सिलोना र एसी मिलानले समान पाँच(पाँच पटक सुपर कपको उपाधि जित्दा लिभरपुलले चार पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्